जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विल्सन विक्रम राईको निर्देशनमा बन्ने फिल्म ‘मैझारो’मा धिरज र मिरुनाको जोडी

काठमाडौँ- चर्चित हास्य कलाकार तथा निर्देशक विल्सन विक्रम राई ‘तक्मेबुढा’को निर्देशनमा बन्ने नयाँ नेपाली फिल्म ‘मैझारो’मा अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगरको जोडी बाँधिने भएको छ।

फिल्मको मुख्य भूमिकामा मिरुनालाई फाइनल गर्दै निर्माण युनिटले केही समयअघि धिरजलाई पनि अनुबन्ध गरिसकेको हो। अब यी दुई कलाकारले सामाजिक कथावस्तुमा आधारित यस फिल्ममा अभिनय गर्दैछन्।

‘मैझारो’ फिल्म साउनको पहिलो हप्ताबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ। फिल्मको छायाङ्कन इलाम र पाँचथरका रमणीय पहाडी स्थानहरूमा हुनेछ। निर्देशक राईका अनुसार फिल्म पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित हुनेछ।

फिल्म ‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण हुनेछ भने कथावस्तु स्वयं निर्देशक तक्मेबुढाले लेखेका हुन्। फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने छायाङ्कनको जिम्मेवारी सौरभ लामाले सम्हाल्नेछन्।

फिल्मको अन्य कलाकारहरू र प्राविधिक टिमको विवरण चाँडै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। ‘मैझारो’ले नेपाली सिनेमामा फरक सामाजिक सन्देश दिन सक्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?