जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

त्रिविको उपकुलपतिमा डा अर्याल नियुक्त

काठमाडौँ— त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले प्रा. डा. दीपक अर्याललाई नियुक्त गरेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित सिफारिस समितिले असार २३ गते विश्वविद्यालयको उपकुलपतिको लागि तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो।

समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिवि विज्ञान सङ्कायका पूर्व डीन प्रा. डा. विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्व प्रमुख डा. दीपक अर्यालको नाम सिफारिस गरेको थियो।

यसअघि उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले दिएको राजीनामा चैत २८ गते स्वीकृत भएको थियो। त्यसपछि चैत ३१ गते प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष प्रा. डा. केसीलाई अधिकतम तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए।

नयाँ नियुक्तिसँगै त्रिविको नेतृत्व डा. दीपक अर्यालको हातमा गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?