जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेप्से परिसूचक २२ दशमलव शून्य चार अङ्कले बढ्यो

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार ७०५ दशमलव ९० को विन्दुमा कायम भएको हो ।

आज ३१६ कम्पनीको एक करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर ६२ हजार ८८४ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह शून्य दशमलव ३८ र म्युचुअल फण्ड शून्य दशमलव शून्य एक प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी बैंकिङ एक दशमलव ६८ र लगानी समूह एक दशमलव ३७ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ३४, होटल तथा पर्यटन शून्य दशमलव २८, जलविद्युत् शून्य दशमलव ५४, जीवन बिमा शून्य दशमलव २४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९५, लघुवित्त शून्य दशमलव ८५, निर्जीवन बिमा शून्य दशमलव २४, व्यापार शून्य दशमलव ३४ र अन्य समूह शून्य दशमलव ३० प्रतिशतले बढेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव २१ प्रतिशतले बढेको छ । सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य चार दशमलव ४१ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?