जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दुर्गेश थापा र सिसन बानियाँको ‘जाने भए जाम माया’ युट्युब ट्रेन्डिङमा

काठमाडौं- गायक तथा कलाकार दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ युट्युब म्युजिकमा रिलिज भएको १४ घण्टामै ट्रेन्डिङ २ मा प्रवेश गरेको छ ।

आज साँझ सार्वजनिक भएको यो गीत दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको हो । समाचार तयार पार्दासम्म गीतले युट्युब ट्रेन्डिङको ३ नम्बर स्थान हासिल गरिसकेको छ भने १२ लाख ९८ हजार १ सयभन्दा बढी भ्युज पाइसकेको छ ।

भिडियोमा दुर्गेश र सिसनसँगै गुँरास नानीको पनि आकर्षक उपस्थिति देख्न सकिन्छ । गीतको शब्द, संगीत तथा स्वरमा दुर्गेश थापा स्वयं छन् । सिसन बानियाँ र अल्हाजी गेरोले पनि स्वरमा साथ दिएका छन् ।

शिव विकले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोमा नृत्य र दृश्य निर्माण पक्षलाई आकर्षक बनाइएको छ । गीतले छोटो समयमा नै दर्शकको ध्यान तान्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?