जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अमिर खान कपिलको शोमा नजानुको कारण के हो ?

काठमाडौँ– बलिउडका स्टारहरुको जमघट नै रहने  ‘द कपिल शर्मा शो’ मा अमिर खान आजसम्म गएका छैनन् ।

फिल्म प्रमोशनका लागि लोकप्रिय कार्यक्रम यस कार्यक्रममा  अमिरलाई दर्शकले हेर्न अत्यन्तै रुचाएका छन् । उनलाई कार्यक्रममा आमन्त्रण गर्न दुवैको समर्थकले कपिललाई आग्रह गरिरहेका हुन्छन् ।

तर किन अमिरले बेवास्ता गरिरहेका छन् त ? के अमिर र कपिलको सम्बन्ध राम्रो छैन ? 

यी कुनै पनि कारण हैन । किनभने अमिर आफू कपिलको शोको नियमित दर्शक भएको बताउँछन् । उनले एक कार्यक्रममा भनेका थिए, ‘मलाई हरेक रात सुत्नुअघि केही रमाइलो कुरा हेर्न मन पर्छ। म केही समयदेखि द कपिल शर्मा शो हेरिरहेको छु। म कपिलको कामको फ्यान हुँ ।’

त्यस्तै कपिलले तीन वर्ष प्रयास गर्दासमेत अमिरलाई शोमा ल्याउन नसकेको बताउँछन् । अमिरसमेत उपस्थित भएको एक कार्यक्रममा कपिलले भनेका थिए, ‘अमिर खान शोमा आउनु भयो भने हाम्रो सौभाग्य हुनेछ। मैले उहाँलाई सधैँ भिडमा भेटेको हुन्छु । शोमा आउन अनुरोध पनि गर्छु तर उहाँ कता–कता जाँदै छु व्यस्त छु भन्नु हुन्छ ।’

यसबाट उनीहरूको सम्बन्धमा दरार नभएको प्रष्ट हुँदा फिल्म प्रमोशनकै लागि मात्र निमन्त्रणा आउनुले अरिम कपिलको कार्यक्रममा नगएको पक्का छ ।

एकदमै सोचेर मात्र फिल्ममा अनुबन्ध हुने अमिर अन्य कलाकार जसरी प्रमोशनमा सहभागी हुँदैनन् । टिभीमा फिल्म प्रमोशनको आफूलाई विश्वास नलाग्ने उनको तर्क छ ।

फिल्म प्रदर्शनको बेला बाहेक बोलाउँदा आउने अमिरको अभिव्यक्तिले यसलाई पुष्टि गर्दा उनी कुनै अवार्ड समारोहमा समेत जाने गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?