जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चलचित्र ‘बाकस’ को घोषणा,नवीन पन्तको निर्देशनमा निर्माण हुँदै

काठमाडौं। गुरु पूर्णिमाको पावन अवसरमा नयाँ नेपाली चलचित्र ‘बाकस’ को औपचारिक घोषणा गरिएको छ। पिके इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र बहुप्रतिभाशाली निर्देशक नवीन पन्तको लेखन तथा निर्देशनमा तयार गरिने भएको छ।

नेपालको सामाजिक परिवेशमा आधारित कथावस्तु समेटिएको चलचित्र ‘बाकस’ नेपाल र विदेश दुबै स्थानमा छायांकन गरिने निर्माण टिमले जानकारी दिएको छ। हाल फिल्मको स्क्रिप्ट लेखन अन्तिम चरणमा रहेको र चाँडै नै कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया सुरु हुने बताइएको छ।

चलचित्रमा गीतकार शंकर अधिकारी घायल र नारायण बस्नेतका गीत समावेश गरिनेछ। तिहारपछिको समयलाई लक्षित गर्दै फिल्मको छायांकन थालिने र सन् २०८३ सालभित्रै प्रदर्शनमा ल्याउने लक्ष्य रहेको निर्माण पक्षले जनाएको छ।

‘बाकस’ दर्शकलाई नेपाली समाजको यथार्थ नजिक पुर्‍याउने प्रयासमा तयार पारिने चलचित्र हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?