जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

टेक विसी र गायिका विमला लामाको गीत ‘छमिया’ सार्वजनिक

काठमाडौं- गायक टेक विसी र गायिका विमला लामाको स्वरमा नयाँ लोक–पप शैलीको गीत ‘छमिया’ सार्वजनिक भएको छ।

शब्द तथा संगीतकार अनिता विश्वकर्माको सिर्जनामा बनेको उक्त गीतको भिडियो निर्देशन राहुल बराइलीले गरेका हुन्। गीतमा गायक विसीसँगै मोडल सन्जोग राना, सुस्मिता तामाङ र सुस्मा मगरको अभिनय देख्न सकिन्छ। आकर्षक कोरियोग्राफी र रंगीन छायांकनले गीतलाई झनै मनोरञ्जनात्मक बनाएको छ।

‘छमिया’ गीतमा समावेश “अनमोल नि मै हो, पल शाह नि मै हो, प्रदीप नि मै हो, समीर नि मै हो, पूजा नि मै हुँ, आँचल नि मै हुँ, वर्षा नि मै हुँ” जस्ता संवादात्मक र समसामयिक लाइनले दर्शक–श्रोता तानिरहेका छन्।

करिब एक वर्षअघि रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल’ बाट उदाएकी गायिका विमला लामाले यो गीतमार्फत आफूलाई फरक शैलीमा प्रस्तुत गरेकी छन्।

गीत स्मिता स्नेहा इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। अहिले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?