जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा, दर्शक उपस्थिति न्यून

काठमाडौँ- सामाजिक कथामा आधारित नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ।

यो असार महिनामा रिलिज भएको एकमात्र नेपाली फिल्म हो। फिल्ममा विदेशमा बसोबास गर्ने नेपालीहरूको देशप्रेम, मातृभाषा, संस्कृति र पहिचान जोगाउन गरिएको संघर्षको भावनात्मक कथा समेटिएको छ।

नर प्रधान (मित्र) को कथा तथा निर्देशनमा बनेको यस फिल्ममा विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, रोशन श्रेष्ठ, आयुषा समाल, विजिता परियारलगायत कलाकारको अभिनय छ। फिल्मका निर्माता ज्ञान बहादुर प्रधान हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्।

फिल्मले राष्ट्रियताको भाव प्रकट गर्दै प्रवासी नेपालीहरूको जीवन, भावना र संघर्ष चित्रण गर्ने प्रयास गरेको छ। तर, फिल्मले मल्टिप्लेक्स हलहरूमा न्यून शो पाएको छ र हालसम्म दर्शकको उपस्थिति पनि कमजोर देखिएको छ।

बक्स अफिसमा सफलता पाउन फिल्मले ‘वर्ड अफ माउथ’ अर्थात दर्शकबीच सकारात्मक प्रतिक्रिया फैलनुपर्ने चुनौती रहेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?