जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

किन हिरासत परे बलिउड अभिनेता विद्युत जामवाल

काठमाडाैँ– विद्युत जामवाल अहिले आगामी फिल्म ‘क्रैक : जीतेगा तो जिएगा’ का कारण चर्चामा छन् ।

उक्त फिल्मको ट्रेलरलाई लिएर समीक्षक र दर्शकको समान धारणा देखिँदा अहिले एउटा तस्वीर भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा चर्चामा रहेको उक्त तस्वीरमा जामवाल सुरक्षा बल कार्यालयमा देखिएका छन् ।

उनलाई मुम्बईको बान्द्रामा रेलवे सुरक्षा बलले हिरासतमा लिएको हो । 

उनीमाथि जोखिमयुक्त स्टण्ड गरेको आरोप छ । उनले आगामी फिल्म प्रचारका लागि स्टण्ड गर्न लागेको खबर पाएकोले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यद्यपि उनीमाथि लागेको आरोप अहिलेसम्म पुष्टि भने भएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?