जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फ्लोरिडाबाट इजरायली सञ्चार उपग्रह प्रक्षेपण

काठमाडौँ – इजरायलले आइतबार अमेरिकाबाट स्पेसएक्स रकेटमार्फत नयाँ राष्ट्रिय सञ्चार उपग्रह प्रक्षेपण गरेको जनाएको छ । फ्लोरिडाको केप क्यानाभेरलबाट फाल्कन ९ को कक्षमा ड्रोन १ उपग्रह प्रक्षेपण गरिएको इजरायल एयरोस्पेस इन्डस्ट्रिज (आइएआई) र विदेश मन्त्रालयले जनाएका छन् ।

“अन्तरिक्षमा रहने २० करोड डलरको यो स्मार्टफोनले इजरायलको रणनीतिक र नागरिक सञ्चारलाई १५ वर्षसम्म सशक्त बनाउनेछ,” मन्त्रालयले एक्समा लेखेको छ । भिडियो फुटेजमा पुनः प्रयोग गर्न सकिने रकेट रातको आकाशमा दुई चरण उडेको देखाइएको छ । स्पेसएक्सका अनुसार प्रक्षेपण फ्लोरिडामा आइतबार बिहान १ः०४ बजे भएको थियो ।

आइएआईले प्रक्षेपणलाई ‘इजरायली अन्तरिक्ष प्रविधिको लागि एक ऐतिहासिक फड्को’ भनेको छ । इजरायलले ड्रोर १ को विकास र निर्माण गर्ने परियोजनाको घोषणा यसअघि नै गरिसकेको थियो यो ‘इजरायलमा निर्मित सबैभन्दा उन्नत सञ्चार उपग्रह’ हो ।

सेप्टेम्बर २०१६ मा फ्लोरिडामा एक परीक्षणको क्रममा मानवरहित फाल्कन ९ रकेट विस्फोट हुँदा दुई देखि तीन करोड अमेरिकी डलरको बीच अनुमान गरिएको इजरायलको अमोस–६ सञ्चार उपग्रह नष्ट भएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?