जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

के दयाहाङ राईका सबै फिल्म उस्तै लाग्छन्?

काठमाडौं– अभिनेता दयाहाङ राई आफ्नो सरल स्वभाव र अभिनयका कारण चर्चामा छन् । नेपाली फिल्म ‘लूट’ मा फरक चरित्रमा अभिनय गरेसँगै उनको चर्चा चुलियो ।

पछिल्लो समय उनी नेपाली फिल्मका पर्याय बनेका छन् । उनका फिल्म एकपछि अर्को निर्माण भइरहेका छन् । अहिले उनी निकै व्यस्त अभिनेतामा गनिन्छन् ।

दयाहाङले एकै खालको अभिनय गरेको भन्दै आरोप पनि लाग्ने गर्छ । सामाजिक सञ्जालमा दयाहाङलाई उस्तै फिल्ममा देखिएको भन्दै आरोप लगाउने गर्छन् ।

अर्कातिर दयाहाङ राई यस्ता अभिनेता हुन् कि, उनले अभिनय गरेका फिल्म विश्वका कैयन् फेस्टिभलमा पनि स्क्रिनिङ भइरहेका छन् ।

अर्कातिर सामाजिक सञ्जालमा के बहस भइरहन्छ भने दयाहाङ राईका १० वटा फिल्म एकै ठाउँ मिलाएर जोड्ने हो भने अर्को एउटा फिल्म बन्छ ।

हामीले अनौपचारिक कुराकानीका शिलशिलामा दयाहाङ राईलाई सोध्यौँ– तपाईंलाई त यस्तो आरोप पनि लागिरहन्छ नि?

उनले मुस्कुराउँदै भने– कुनै अमेरिकन नेपाल आयो भने बुढाबुढीले भन्ने गर्छन् रे, यो कुन अमेरिकन हो भनेर सबैलाई उस्तै लाग्छ रे, दर्शकलाई पनि त्यस्तै लागेको होला ।

दयाहाङले यस्तो प्रतिक्रिया दिए पनि दर्शकले भने टिप्पणी गरिरहेका छन्– ‘डिग्री माइला बन्दै छ, त्यसमा पनि दयाहाङ राईको अभिनय उस्तै त होला नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?