जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

तोलामा तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। बिहीबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँ बढी हो । 

त्यस्तै, चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २६५ रुपैयाँ पुगेको हो । यसअघि सोमबार चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला २ हजार ३१५ रुपैयाँ पुगेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?