जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दोस्रो विश्वयुद्धकालीन जापानी जहाज दक्षिण प्रशान्त महासागरमा फेला

काठमाडौँ एक अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले युद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव नजिकिँदै गर्दा सोलोमन टापुहरूको गहिरो समुद्री सतहमा दोस्रो विश्वयुद्धको जापानी विध्वंसक पोत फेला पारेको छ ।

अमेरिकी गैर–नाफामुखी ओसियन एक्सप्लोरेसन ट्रस्टको टोलीले अस्ट्रेलियाको उत्तरपूर्वमा रहेको सानो टापु राष्ट्रको नजिक आठ सय मिटर (दुई हजार छ सय २५ फिट) भन्दा बढी गहिराइमा इम्पेरियल जापानी नौसेनाको विध्वंसक तेरुजुकी फेला पारेको छ ।

भग्नावशेषको भिडियो तस्बिरले सन् १९४२ मा अमेरिकी सेनाले टारपिडो प्रहार गरेको एक सय ३४ मिटर (चार सय ४० फिट) तेरुजुकीका केही भागहरू देखाउँदछ । यसलाई अनुसन्धान टोलीको पानीमुनि ड्रोनको बत्तीले उज्यालो पारिएको थियो ।

फुटेजमा जहाजको संरचनामा रातो रङ, क्षय भएका बन्दुकका नालहरू र युद्धपोतको विशाल पछाडिको भाग देखाइएको छ ।

सन् १९४२ मा कमिसन गरिएको तेरुजुकीलाई हवाई आक्रमणहरूबाट विमानवाहक पोतहरूलाई सुरक्षा प्रदान गर्नका लागि डिजाइन गरिएको अन्वेषण समूहले बताएको छ ।

यद्यपि तेरुजुकीलाई सेवामा आएको केही महिनामै अमेरिकी टारपिडोले प्रहार गरेको थियो । तेरुजिकीको अर्थ जापानी भाषामा ‘चम्किलो चन्द्रमा’ हो ।

ओसन एक्सप्लोरेसन ट्रस्टका अनुसार टारपिडोको आक्रमणबाट नौ नाविकको मृत्यु भए पनि अधिकांश चालक दलका सदस्यहरू बाँचेका थिए ।

तेरुजुकीको पछाडिको भाग हलबाट दुई सय मिटर (छ सय ६० फिट) भन्दा बढी टाढा फेला परेको थियो र उच्च–रिजोल्युसन सोनार स्क्यानद्वारा पत्ता लगाइएको थियो ।

अज्ञात जहाज भग्नावशेष वा अन्य वस्तुहरू फेला पार्ने आशामा टोलीले क्षेत्रको सर्वेक्षण गर्न ड्रोन प्रयोग गर्दा यो खोज गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?