जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

साफ यू-२० महिला च्याम्पियनसिपमा भुटानसँग खेल्दै नेपाल

काठमाडौँ — बंगलादेशको राजधानी ढाकामा जारी साफ यु–२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज शनिबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ। खेल बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुने तय भएको छ।

नेपाल र भुटान यसअघि पनि एकपटक भिडिसकेका छन्, जहाँ नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको थियो। उक्त खेलमा पूर्णिमा राईले ४ तथा सेनु परियारले २ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

प्रतियोगिता डबल राउन्ड रोबिन फर्म्याटमा भइरहेको छ, जसअनुसार चार सहभागी राष्ट्रहरूले एकअर्कासँग दुईपटक प्रतिस्पर्धा गर्दै छन्। सबै चरणका खेल सकिएपछि सर्वाधिक अंक हासिल गर्ने टोली च्याम्पियन बन्नेछ।

हालसम्म आयोजक बंगलादेश १२ अंकसहित शीर्ष स्थानमा छ। नेपाल ४ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। भुटानले ३ अंक बटुलेको छ भने श्रीलङ्का अंकविहीन छ।

नेपालले पछिल्लो दुई खेलमा श्रीलङ्कालाई लगातार ७–० को स्कोरले हराएको थियो। यद्यपि नेपाल बंगलादेशसँगको प्रतिस्पर्धामा ३–२ गोल अन्तरले पराजित हुन पुगेको थियो।

आजै बंगलादेश र श्रीलङ्काबीचको अर्को खेल पनि हुँदैछ। यद्यपि नेपालको गोलअन्तर बंगलादेशभन्दा राम्रो भएकाले सोमबार हुने नेपाल–बंगलादेश खेल प्रतियोगिताको उपाधिका लागि निर्णायक हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?