जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ओकिलीको नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक

काठमाडौँ – ‘मेरी ओकिली…’, ‘झ्याबाट हेर…’ गीतबाट परिचय बनाएका गायक अनिस सापकोटा ‘ओकिली’ ले नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन् । त्यसमा उनले सार्वजनिक गरेको गीतमा आफैँ शब्द, सङ्गीत र स्वर दिएका छन् ।

“प्रेम गीत तयार गर्ने इच्छा यसपटक पूरा भएको छ । यो गीतले प्रेमको काल्पनिक संसार वर्णन गरेको छ । यो गीत सबै लिक्ष्य गरेर तयार गरेका छु,” उनले भने । प्रवासमा रहेर पनि उनले गीतसङ्गीतलाई निरन्तरता दिएका छन् ।

“प्रवासमा पनि गीत गाइरहेँ । अहिले विश्वका जुनसुकै कुनामा रहेर पनि आफ्नो काम गर्न सकिन्छ । मैले हरेक वर्ष गीतसङ्गीतमा काम गरिरहेको छु, नयाँ पुस्तासँग काम गर्दा सिक्न

सन् १९९० को दशकमा नेपालमा ‘ओकिली’ नामक साङ्गीतिक समूह (ब्याण्ड) को संस्थापक सदस्यका रूपमा सङ्गीत यात्रा सुरु गरेका गायक ओकिलीको ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिम्रो बानी हो’, ‘तिमी नै राम्री’ र पछिल्लो ‘सिमला भुवा’ लोकप्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?