जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाद्वारा चार हजार बढीको निःशुल्क उपचार

सिमकोट (हुम्ला) – यहाँ रहेको आयुर्वेद स्वास्थ्य सेवा केन्द्रबाट आर्थिक वर्ष २०८१÷८२ मा चार हजार २३३ नागरिकले स्वास्थ्य सेवा लिएको छन ।

सामान्य जाँचदेखि पूर्वकर्म र पञ्चकर्म सेवाबाट दुई हजार ३५ महिला र दुई हजार १९८ पुरुष गरी चार हजार २३३ जनाले स्वास्थ्य सेवा लिएको आयुर्वेद स्वास्थ्य सेवा केन्द्रका प्रमुख चाहना शर्माले जानकारी दिए ।

ल्याब सेवाबाट ४३३, पूर्वकर्म पञ्चकर्म सेवाबाट २२७, योग सेवाबाट २०९, ज्येष्ठ नागरिक सेवाबाट ९७१, स्तनपायी आमालाई स्तनवद्र्धक औषधि वितरण १७९, गाउँघर सहरी क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रमअन्तर्गत ५१८ जनाले सेवा लिएको प्रमुख शर्माको भनाइ छ ।

यस्तै, विद्यालय आयुर्वेद तथा योग शिक्षाअन्तर्गत ४२५, महिला स्यास्थ्य स्वयंसेविकालाई आयुर्वेद तथा स्थानीय जडीबुटीसम्बन्धी अभिमुखीकरण ४०, आयुर्वेद तथा योगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमार्फत एक हजार १९, स्वस्थ जीवनशैली कार्यक्रममार्फत ५३ र क्षारसूत्र व्यवस्थापन कार्यक्रमअन्तर्गत ५५ जनालाई यस आर्थिक वर्षमा उपचार तथा सेवा प्रदान गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

प्रमुख रोगमध्ये आमवात, सन्धिवात, अम्लपित्त, श्वास कास, छालासम्बन्धी रोग, पिसाब एवं स्त्री प्रसूतिसम्बन्धी रोग, मलद्वारसम्बन्धी समस्या, उच्च रक्तचाप, मधुमेह आदि रोगको उपचार गरिएको प्रमुख शर्माले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?