जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

साउनको पहिलो सोमबार: शिवमन्दिरहरूमा भक्तजनको घुइँचो

काठमाडौँ। साउन महिनाको पहिलो सोमबारको दिन काठमाडौंसहित देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य भीड देखिएको छ।

विशेषगरी पशुपतिनाथ मन्दिरमा पूजाआजा तथा दर्शन गर्न आएका भक्तजनहरूको लामो लाइन लागेको छ। हिन्दू धर्मअनुसार साउन महिना र सोमबारको दिन भगवान शिवको आराधना गर्ने विशेष समय मानिन्छ। यसै कारण आजको दिनलाई शुभ अवसरका रूपमा लिएर श्रद्धालुहरू शिव मन्दिरहरूमा पूजा गर्न जम्मा भएका छन्।

श्रद्धालुहरू व्रत बसेर सात्विक खानपान अपनाउने, हरियो वस्त्र, चुरा र पोते लगाएर सौभाग्यका प्रतीकहरूमा सजिने गर्छन्। शिवको पूजा गर्दा मनोकामना पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

साउनको सोमबारलाई केन्द्रमा राखेर विशेष बोलबम यात्रा पनि गरिन्छ। बोलबम यात्रामा भक्तजनहरू खाली खुट्टा हिंडेर सुन्दरीजलबाट बागमती नदीको पवित्र जल लिएर पशुपतिनाथ मन्दिरमा चढाउने परम्परा अनुसार आज पनि हजारौं श्रद्धालु सहभागी भएका छन्।

साउन महिनाभर महिलाहरूले शिवको विशेष पूजा आराधना गर्दै सुख, समृद्धि र पारिवारिक सौभाग्यको कामना गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?