जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

खैनी र चुरोटले किन कालो हुन्छ दाँत? सावधानी नअपनाउँदा गुम्न सक्छ मुस्कान

काठमाडौं– “खैनी, चुरोट खान्छौ कि दाँतै कालो छ?” – यो वाक्य प्रायः ठट्यौली शैलीमा भनिए पनि यसको पछाडि गम्भीर स्वास्थ्य समस्या लुकेको हुन्छ। नेपालजस्तो मुलुकमा खैनी, चुरोट, गुटखा लगायतको प्रयोग सामान्य जस्तै देखिए पनि यसको असर भने गहिरो छ — विशेषतः दन्त स्वास्थ्यमा।

खैनी र चुरोटको असर कसरी पर्छ?
चुरोट, बीडी वा खैनीजस्ता पदार्थमा निकोटिन तथा टार जस्ता रासायनिक तत्व हुन्छन्, जसले दाँतको प्राकृतिक रङ बिगार्दछ। यी पदार्थले दाँतमा कालो तह जमाउँछन्, जसले गर्दा मुस्कान पनि धमिलो देखिन्छ।

साथै, यी पदार्थहरूले मुखको भित्री भागमा हुने कोषहरूमा असर गरी मुखको क्यान्सरसम्म निम्त्याउन सक्छन्। निकोटिनले थुकको प्रवाह घटाउँछ, जसले गर्दा मुख सुक्खा हुने र ब्याक्टेरियाले सजिलै बसोबास गर्ने वातावरण बनाउँछ।

दाँत मात्र होइन, गिजा पनि प्रभावित
चुरोट र खैनीले गिजामा रगतको प्रवाह घटाउँछ, जसले गर्दा गिजा सुन्निनु, रक्तस्राव हुनु, फुल्नु, मसिनिनु तथा विस्तारै दाँत खुकुलो हुँदै झर्नेसम्मको खतरा रहन्छ।

खैनी चपाउँदा हुने घर्षणले मुखको भित्री भागमा घाउ हुन्छ, जसले लम्बे समयपछि प्रिक्यान्सरस अवस्था (पूर्व-क्यान्सर) निम्त्याउन सक्छ।

स्वास्थ्यमा दीर्घकालीन असर

  • मुखको दुर्गन्ध (Bad breath)
  • स्वाद बोध गर्ने क्षमता कम हुनु
  • दाँत झर्नु वा खुकुलो हुनु
  • मुखभित्र छालाको रंग परिवर्तन
  • ओठ, जिब्रो र गालाको भित्री भागमा क्यान्सर

कसरी बच्ने?

  • छाड्नु नै सबैभन्दा उत्तम उपाय हो।
  • नियमित ब्रस गर्ने, मुख धोइरहने बानी बसाल्नु।
  • दन्त चिकित्सकको सल्लाहअनुसार सफा गराउने।
  • निकोटिनको विकल्पका रूपमा निकोटिन गम वा पेस्टिल प्रयोग गर्न सकिन्छ।
  • आफन्त, साथी र समाजबाट सकारात्मक सहयोग लिने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?