जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बुधबार जन्मिने व्यक्तिको स्वभाव यस्तो हुन्छ

काठमाडौं- ज्योतिष शास्त्र अनुसार सातै बारको आ–आफ्नै विशेषता हुन्छ । तीमध्ये बुधबार जन्मिने व्यक्तिहरूलाई बुध ग्रहको प्रभाव पर्ने मानिन्छ, जुन ग्रह बुद्धि, संचार, व्यापार, चञ्चलता र विश्लेषण क्षमताको प्रतीक हो।

बुधबार जन्मेका व्यक्तिहरू सामान्यतया तीव्र बुद्धि, स्पष्ट वाणी र मिलनसार स्वभावका हुने विश्वास गरिन्छ। यिनीहरू व्यवहारिक सोच राख्ने, अरूलाई छिटो बुझ्ने र आफु पनि स्पष्ट रूपमा प्रस्तुत गर्ने खालका हुन्छन्।

सामाजिक स्वभाव भएका यस्ता व्यक्ति नयाँ साथी बनाउन, नेटवर्क विस्तार गर्न तथा टीमवर्कमा काम गर्न सिपालु हुन्छन्। वाकचातुर्यमा निपूर्ण यिनीहरूले बोल्ने शैलीबाट नै अरूको मन जित्न सक्छन्।

बुधको प्रभावले गर्दा यिनीहरूमा व्यवसायिक सोच उच्च हुने बताइन्छ। व्यापार, सञ्चार, मार्केटिङ, पत्रकारिता, लेखन वा सूचना प्रविधिजस्ता क्षेत्रमा बुधबार जन्मिनेहरू सफल हुने सम्भावना बढी हुन्छ।

यद्यपि, यिनमा कहिलेकाहीं अस्थिरता पनि देखिन सक्छ। एउटै काममा लामो समय मन लगाउन गाह्रो हुने, निर्णयमा ढिलाइ गर्ने जस्ता कमजोरी पनि हुनसक्छ।

बुधबार जन्मिनेको लागि शुभ रंग हरियो र शुभ रत्न पन्ना (Emerald) मानिन्छ। यस्ता व्यक्तिले बुधबारको दिन कुनै पनि नयाँ काम थाल्दा लाभदायक हुने विश्वास गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?