जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘यानीमाया’ को छायांकन सुरु, पल शाहको निर्माण यात्रा आरम्भ

काठमाडौँ– अभिनेता पल शाहले अभिनयसँगै निर्माणमा समेत पाइला राख्दै आफ्नो डेब्यू फिल्म ‘यानीमाया’ को औपचारिक घोषणा गरेका छन्।

लामो समयदेखि फिल्म बनाउने चर्चा चलिरहँदा शाहले अन्ततः साउन ५ गते सोमवारका दिन फिल्मको शुभमुहुर्त गरेका हुन्।मुहुर्त समारोहपछि अभिनेता शाह कलाकार लोकेन्द्र लेखकसहित काठमाडौंबाट बाहिरिएर पोखरा, बागलुङ हुँदै ढोरपाटनतर्फ लागेका छन्।

उनीहरूको यात्रा फिल्मको प्रारम्भिक छायांकनका लागि भएको अनुमान गरिए तापनि यसबारे आधिकारिक जानकारी दिइएको छैन।

फिल्म ‘यानीमाया’ मा पल शाह ‘गोरे’ नामको पात्रको भूमिकामा देखिने चर्चा छ, तर यस पात्रको चरित्र विवरण सार्वजनिक भइसकेको छैन। फिल्ममा शाहको अपोजिटमा मोडल अञ्जना पुन देखिनेछिन्, जसले यसै फिल्ममार्फत आफ्नो अभिनय यात्रा सुरु गर्न लागेकी हुन्।

फिल्मको निर्देशन विकास सुवेदीले गर्दैछन्, जसका लागि यो पहिलो निर्देशन हुनेछ। सुवेदी यसअघि पटकथा लेखकको रूपमा सफल फिल्ममा काम गरिसकेका छन्। स्क्रिप्ट पनि सुवेदीकै लेखन हो।

‘यानीमाया’ पारिवारिक कथावस्तुमा आधारित फिल्म हो, जसमा सामाजिक सम्बन्ध, भावना र द्वन्द्वको चित्रण गरिने निर्माण पक्षको भनाइ छ। अभिनेता पल शाहले फिल्मप्रति दर्शकबाट अपार माया र समर्थन मिल्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?