जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रमा कार्कीको तीज गीत ‘तीजको पार्टीमा’ सार्वजनिक

काठमाडौं- तीजको रौनक नजिकिँदै गर्दा नयाँ तीज गीत ‘तीजको पार्टीमा’ सार्वजनिक भएको छ। रमाइलो भाकासँगै आएको यो गीतमा रमा कार्कीको शब्द रचना, महेश खड्काको संगीत र अभिज्ञा घिमिरेको स्वर सुन्न सकिन्छ।

गीतलाई म्युजिक नेपालले सार्वजनिक गरेको हो। भिडियोमा अहिलेकी चर्चित मोडल अञ्जली अधिकारीसहित सज्जु बुढाथोकी, सोनम चौधरीलगायत कलाकारहरूको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ।

गीतमा आधुनिक तीज शैलीलाई समेट्दै महिलाहरूको उत्सव, रमाइलो र मौलिक भावनालाई प्रस्तुत गरिएको छ। तीजको बेला सार्वजनिक भएका गीतहरू मध्य यो गीतले दर्शक तथा श्रोताको ध्यान खिच्न थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?