जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोहर’को ट्रेलर सार्वजनिक

काठमाडौं- बहुप्रतीक्षित नेपाली फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक गरिएको छ। आउँदो साउन २३ गते रिलिज हुने यो फिल्मलाई फिल्म मेकर्स प्रा.लि. ले निर्माण गरेको हो। फिल्मको लेखन तथा निर्देशन ओम प्रतिक र निर्माण चुम्बन जंग शाही ले गरेका हुन्।

सस्पेन्स, थ्रिलर, प्रेम, विछोड र प्रतिशोधको मिश्रण रहेको यस फिल्ममा पल शाह, बेनिशा हमाल र नीति शाह मुख्य भूमिकामा छन्। साथै लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल कलाकार सारा शर्मा समेतको दमदार अभिनय देख्न सकिन्छ।

फिल्मले देउकी प्रथा जस्तो संवेदनशील सामाजिक मुद्दालाई कथा केन्द्रमा राखेको छ। एक बालिकाको देउकीमा चढाइने घटनाबाट सुरु भएको कथा प्रेम, संघर्ष र बदलाको आरोह–अवरोहबीच अघि बढ्छ। ट्रेलरले नायक पल शाह र दुई नायिकाबीचको सम्बन्ध र द्विविधालाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।

यसअघि सार्वजनिक दुई गीत र टिजरले नै दर्शकको ध्यान खिचिसकेको अवस्थामा, ट्रेलरले फिल्मप्रतिको उत्सुकता झन् बढाएको छ। ‘मोहर’ शीर्षकको गहिरो अर्थलाई पनि ट्रेलरमा प्रभावकारी रूपमा देखाइएको छ।

फिल्ममा मिथिला शर्मा, रविन्द्र झा, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य लगायतका कलाकारको अभिनय समावेश छ।

गिरिराज घिमिरे सहायक निर्देशक रहेको यस फिल्ममा दीपेन बस्न्यात को डीओपी, भूपेन्द्र अधिकारी को सम्पादन, रेनिश फागो को कलर, संगीतमा सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगी छन्। ट्रेलर साहिल खान ले तयार गरेका हुन्। रामजी लामिछाने र कविराज गहतराज को कोरियोग्राफी र कुमार महर्जन को एक्सन फिल्ममा समावेश छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?