जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘माग्ने राजा’को प्रचारमा व्यस्त वर्षा, फिटनेसप्रति सतर्क

जोयनेपाल
0
Shares

काठमाडौँ – अभिनेत्री वर्षा सिवाकोटी हाल प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘माग्ने राजा’ को प्रचार–प्रसारमा व्यस्त छिन्। प्रचार कार्यक्रम, मिडिया भेटघाट र सार्वजनिक कार्यक्रममा सक्रिय रूपमा सहभागी हुँदै आएकी वर्षा, यो व्यस्तता बीच पनि फिटनेसप्रति उत्तिकै सजग देखिएकी छन्।

उनले हालै सामाजिक सञ्जालमार्फत ‘In My Girl Era’ क्याप्सनसहित जिममा एक्सरसाइज गरिरहेको केही तस्वीर सार्वजनिक गरेकी छन्। सार्वजनिक तस्वीरहरूमा वर्षा आत्मविश्वासका साथ आफ्नो टोन्ड शरीर र अनुशासित जीवनशैली देखाउँदैछिन्।

फिल्म उद्योगमा फिट र ग्लामरस अभिनेत्रीको रूपमा परिचित वर्षा नियमित रूपमा जिम जाने, सन्तुलित खानपानमा ध्यान दिने तथा मानसिक सन्तुलन कायम राख्ने अभ्यासमा सक्रिय छन्। उनका तस्बिरहरूले उनलाई पछिल्लो पुस्ताकी फिटनेस–कन्सस कलाकारको रूपमा प्रस्तुत गरेका छन्।

‘माग्ने राजा’ फिल्मको प्रचारक्रममा देशका विभिन्न स्थान पुगिरहेकी वर्षा सन्देशमूलक तथा हास्यप्रधान फिल्ममा मुख्य भूमिकामा देखिँदैछिन्। फिल्म निकट भविष्यमा प्रदर्शनमा आउने तयारीमा छ।