जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चलचित्र विकास बोर्डको ‘पटकथा संग्रहालय’मा स्क्रिप्टको संख्या ६०० पुग्यो

काठमाडौँ – चलचित्र विकास बोर्डले स्थापना गरेको पटकथा संग्रहालयमा अहिले सम्म ६०० वटा फिल्मका पटकथा सङ्कलन भएका छन्। गतसाता मात्र एकैदिन ६० वटा पटकथा बुझिएको छ। बोर्डले सबै निर्माता र निर्देशकहरूलाई पटकथा बुझाउन आग्रह गरेको छ।

बोर्डले सार्वजनिक गरेको सूचीअनुसार कबड्डी श्रृंखला, बाटो मुनिको फूल २, वडा नम्बर ६, लोग्ने मान्छे, रातो घर, नालापानी, होस्टेल रिटर्न, रामप्यारी, हिरोज, रंग बैजनी, लुटेरा, भैरव, कुमारीलगायत फिल्मका पटकथा संग्रहालयमा पठाइसकिएको छ।

त्यस्तै, तिम्रो मेरो प्रेम कहानी, बिर्खेलाई चिन्छस्, पशुपति प्रसाद, छेस्को, दर्पण छायाँ २, ब्रासलेट, भरोसा, बाबर, कालोपोथी, संरक्षण, षडङ्ग, खुस्मा लगायतका फिल्मका पटकथाहरू पनि बुझाइएको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले पटकथालाई चलचित्रको आत्मा भनेका छन्। अध्यक्ष डीसीको पदभार ग्रहण गरेलगत्तै बोर्डले पटकथा संग्रहालय स्थापना गरेको थियो। सचिवालय संयोजक जनक खड्काका अनुसार पछिल्लो समयमा पटकथा बुझाउने क्रम बढ्दै गएको छ।

बोर्डले निर्माण वा निर्देशन गरिएका फिल्मका पटकथाहरू समयमा बुझाउन सबैलाई अनुरोध गरेको छ। यस संग्रहालयले नेपाली चलचित्रको इतिहास, विविधता र सिर्जनात्मकताको अभिलेख सुरक्षित गर्ने काम गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?