जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अर्जुन घिमिरे (पाँडे) फिचर फिल्म निर्देशनको तयारीमा

काठमाडौँ – टेलिसिरियलका लोकप्रिय कलाकार तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) फिचर फिल्म निर्देशनको तयारीमा छन्। उनी आफ्नो नयाँ फिल्म ‘झरीपछिको इन्द्रेणी’ को छायांकन साउन १५ गतेबाट सुरु गर्ने तयारीमा छन्। यो नामलाई हाल ‘वर्किङ टाइटल’ को रूपमा राखिएको छ।

फिल्म निर्माणपक्षले आधिकारिक रुपमा कास्टिङबारे केही जानकारी दिएको छैन, तर स्रोतहरूले भने फिल्मको कास्टिङ रोचक रहेको बताइरहेका छन्। यसमा दीपाश्री निरौला, रमेश उप्रेती, गणेश उप्रेती, निर्मल शर्मा, प्रियाना आचार्य (मुन्नी) लगायतका कलाकारहरू समावेश भएका छन्। खासगरी अभिनेता गणेश उप्रेती फिल्मको लागि अमेरिकाबाट नेपाल फर्किसकेका छन् भने निर्देशक अर्जुन घिमिरे आफैं पनि यस फिल्ममा अभिनय गर्नेछन्।

फिल्म पशुपति शिवजी इन्टरटेन्मेन्ट प्रालि को ब्यानरमा निर्माण हुँदैछ। कथा कुमार व्यञ्जनकार (कुमार बेन) को रहेको छ भने पटकथा अर्जुन घिमिरे र विशाल घिमिरे ले तयार पारेका छन्। विशाल घिमिरे सहायक निर्देशक पनि रहनेछन्। छायांकन काठमाडौं महानगरपालिकामा रहेका परिवारहरूभित्र हुने बताइएको छ।

फिल्मको छायांकन बुद्ध थापाले गर्ने सुनिश्चित भएको छ भने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को गीत पनि यसमा समावेश हुने जनाइएको छ।

अर्जुन घिमिरे विगतमा चर्चित टेलिसिरियल ‘सक्किगोनि’ मा सक्रिय थिए भने सोही टिमले बनाएको फिल्म ‘लाज शरणम्’ मा उनले कार्यकारी निर्माता र कलाकारको भूमिकामा काम गरेका थिए। त्यो फिल्म कुमार कट्टेल ले निर्देशन गरेका थिए।निर्माणपक्षले छिट्टै फिल्म सम्बन्धी औपचारिक जानकारी सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?