जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘झरीपछिको इन्द्रेणी’मार्फत गणेश उप्रेतीको कमब्याक

काठमाडौँ – कुनैबेला नेपाली फिल्म क्षेत्रमा चर्चित अभिनेता रहेका गणेश उप्रेतीले करिब एक दशकपछि पुनः अभिनयमा फर्कने भएका छन्। उनको कमब्याक फिल्म ‘झरीपछिको इन्द्रेणी’ को छायांकन बिहीबारदेखि सुरु हुँदैछ।

अमेरिकामा लामो समयदेखि बसोबास गरिरहेका उप्रेती विशेष रूपमा यही फिल्मका लागि काठमाडौं आएका हुन्। उनले पछिल्लो पटक सन् २०१६ मा सार्वजनिक भएको फिल्म ‘होमवर्क’ मा अभिनय गरेका थिए।

‘भाग्य रेखा’ बाट अभिनय यात्रा थालेका उप्रेतीले हालसम्म ४३ वटा नेपाली फिल्ममा अभिनय गरिसकेका छन्। अब भने उनले ‘झरीपछिको इन्द्रेणी’ मार्फत नौ वर्षपछि पर्दामा पुनरागमन गर्न लागेका हुन्।

उक्त फिल्मबाट हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ निर्देशनमा डेब्यु गर्दैछन्। निर्देशकका रूपमा पाँडेको यो पहिलो प्रोजेक्ट हो, जसले दर्शकमाझ अतिरिक्त जिज्ञासा पनि जन्माएको छ।

फिल्ममा दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा लगायतको अभिनय रहने जनाइएको छ। साथै, काठमाडौंका मेयर र्‍यापर बालेन शाहको एक र्‍याप गीत पनि फिल्ममा समावेश गरिने तयारी गरिएको छ।

पशुपति शिवजी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमै गरिने जानकारी प्राप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?