जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आईसीसीको अनुमतिमा नेपालमा महिला टी-२० ग्लोबल क्वालिफायर

काठमाडौँ – सन् २०२६ मा हुने महिला टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता नेपालमा आयोजना गरिने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुने प्रतियोगिताको औपचारिक घोषणा गरेको छ।

प्रतियोगितामा १० टोली भाग लिनेछन् जसबाट शीर्ष चार टोलीले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने विश्वकपका लागि छनोट हुनेछन्। बंगलादेश र आयरल्याण्ड स्वतः छनोट भएका छन् भने थाइल्याण्ड र नेपाल एशियाबाट छनोट भएका छन्। अमेरिका, अफ्रिका, युरोप र इस्ट एसिया-प्यासिफिक क्षेत्रबाट बाँकी टोलीहरू छनोट हुनेछन्।

नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता सफल बनाउन तयारी सुरु गरिसकेको छ। यो नेपालले आयोजना गर्ने महिला क्रिकेटकै सबैभन्दा ठूलो प्रतियोगिता हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?