जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘हरिबहादुरको जुत्ता’को पोस्टर सार्वजनिक

काठमाडौं- बहुप्रतीक्षित नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा चर्चित हास्य कलाकार हरिवंश आचार्य एक्लै प्रस्तुत गरिएको छ।

जसले चलचित्रमा उनले निभाउने पात्रको विशेषता दर्शाउने प्रयास गरिएको छ। पोस्टरमा देखिएको उनको पात्रले नेपाली टेलिभिजन दर्शकमाझ लोकप्रिय ‘हरिबहादुर’को सम्झना दिलाउँछ।

चलचित्रमा हरिवंशसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले र कमलमणि नेपाल लगायतका चर्चित कलाकारको अभिनय समावेश छ।

दशैँको फूलपातीका दिन, अर्थात् असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको निर्देशन दिपेन्द्र के. खनालले गरेका हुन्। चलचित्र एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो, जसका निर्माता सरोज ओली र मोहितवंश आचार्य रहेका छन्।

कृष्ण बहादुर थापाको छायांकन, नकुल खड्काको सम्पादन रहेको यस चलचित्रमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको छ। चलचित्रमा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंले स्वर दिएका छन्।

पोस्टरको सार्वजनिक भएपछि चलचित्रप्रतिको दर्शकको चासो बढेको छ। दशैँको माहोलमा दर्शकलाई हँसाउने र भावनात्मक कथा पस्कने तयारीमा रहेको यस चलचित्रलाई विशेष चासोका साथ हेर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?