जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८२ साल साउन १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १९ गते सोमबार। साउन शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ अगष्ट ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

मेष : दिन सामान्य छ। मन अशान्त बन्नेछ। व्यापारमा घाटा बढ्नेछ। राजनीतिक क्षेत्रमा घेराबन्दी बढ्नेछ। कारोबार नगर्नु उचित हुन्छ। संकटमा परिवारको भने साथ मिल्नेछ।

वृष : दिन राम्रो छ। अवसरको सदुपयोग गर्न नसक्दा पछुतो लाग्नेछ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : दिन सामान्य छ। बोलीका कारण आफन्त टाढिने भएकाले थोरै बोल्नु उचित हुन्छ। लगानीमा संकट आइपर्ने जोखिम छ। स्वास्थ्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

कर्कट : दिन राम्रो छ। पढाइमा सफलता मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। मन शान्त बन्नेछ। रचनात्मक क्षेत्रमा मन जानेछ। सन्तानको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

सिंह : दिन सामान्य छ। शनिको प्रभावले मन अशान्त बन्नेछ। व्यापारमा संकट आइपर्ने समय छ। परिवारसँग सानोसानो कुरामा विवाद हुने भएकाले थोरै बोल्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कन्या : दिन राम्रो छ। कृषि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। दाजुभाइसँगको एकताले नाफा हुने योग छ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

तुला : दिन राम्रो छ। सम्पत्ति आर्जन हुनेछ। सञ्चित धनको सदुपयोग गर्नु उचित हुन्छ। तपाईंको प्रशंसा बढ्नेछ। व्यापार र राजनीतिमा पहुँच विस्तार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। समय अनुकुल भएकाले फाइदा हुनेछ। व्यापारमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ। सुन्दरतातर्फ मन आकर्षि हुने योग छ।

धनु : दिन सामान्य छ। बौद्धिक साथीसँग टकराब हुनेछ। परिवारले शंकाको घेरामा राख्नेछन्। शनि प्रतिकुल भएमा अनावश्यक यात्रा हुनेछ। स्वास्थ्य उपचारमा खर्च बढ्ने जोखिम छ।

मकर : दिन राम्रो छ। शिक्षामा जोस र जाँगर बढ्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा रमाइलो घुमघामको तय हुनेछ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ।

कुम्भ : दिन राम्रो छ। शुभ ग्रहको बहुमत भएकाले सम्मान बढ्नेछ। राजनीतिक क्षेत्रका उच्च व्यक्तिबाट हौसला मिल्नेछ। तपाईंको कामको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मीन : दिन राम्रो छ। लामो दूरीको यात्रा तय हुनसक्छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनेछ। परिवारमा विवाद हुने भएकाले कम बोल्नु उचित हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?