जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विश्व रेकर्ड तोड्दै दीपिकाको रिल्सले बनायो इतिहास

काठमाडौँ – बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो इन्स्टाग्राम रिल्समार्फत विश्व कीर्तिमान कायम गरेकी छन्। उनले गत महिना पोस्ट गरेको एक छोटो भिडियो क्लिपलाई १ अर्ब ९० करोड पटक हेरिएको छ, जुन अहिलेसम्म कुनै पनि सेलिब्रिटीको रिल्समा प्राप्त सबैभन्दा धेरै भ्यु हो।

उक्त रिल्समा दीपिका पादुकोण ‘शूट डे’ को तयारी गरिरहेकी देखिन्छिन्, जसमा उनको स्टाइल, सौन्दर्य र क्यारेजले लाखौं दर्शकलाई आकर्षित गरेको छ। छोटो भए पनि प्रभावशाली भिडियोले विश्वभरका फ्यानको ध्यान तानेको देखिएको छ।

सो रिल्स इन्स्टाग्राम इतिहासकै सबैभन्दा धेरै हेरिएको भिडियोजमध्ये पहिलो स्थानमा पुगेको हो। यसअघि यो रेकर्ड अमेरिकी गायक चार्ली पुथको रिल्सले राखेको थियो, जसलाई १ अर्ब ५० करोड भ्यु प्राप्त भएको थियो।

याे बिषयमा दीपिकाले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, “यो म कल्पना पनि गर्न सक्दिनँ। तपाईंहरू सबैको माया र समर्थनले म अभिभूत छु। धन्यवाद!”

उनका फ्यानहरूले उक्त रिल्सलाई व्यापक रूपमा शेयर, लाइक र कमेन्ट गरेका छन्। केही फ्यानहरूले त ‘दीपिका डिजिटल क्वीन’ भन्दै ट्रेन्ड समेत चलाएका थिए।

कामकाे कुरा गर्दा हाल दीपिका पादुकोण ‘कल्कि २८९८ एडी’ र ‘फाइटर २’ जस्ता ठूला परियोजनामा व्यस्त छिन्। डिजिटल मिडियामा यस्तो सफलता पाएसँगै निर्माताहरूले उनलाई आगामी फिल्महरूमा सामाजिक मिडियामार्फत प्रचारमा अझ बढी सक्रिय गराउने योजना बनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?