जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

करोडौंको तलब, तर जीवनशैली सादा – यस्तो छ गुगलका सिईओ सुन्दर पिचाईको दैनिकी

काठमाडौँ – गुगल र अल्फाबेटका सिईओ सुन्दर पिचाई विश्वका सबैभन्दा प्रभावशाली टेक्नोलोजी नेतामध्ये एक हुन्। भारतको तमिलनाडु राज्यबाट उदाएका उनी, हाल विश्वकै ठूलो प्रविधि कम्पनीको नेतृत्व गरिरहेका छन्। पिचाईको जीवनशैली अत्यन्तै सादा, व्यवस्थित र प्रेरणादायक मानिन्छ।

सार्वजनिक रूपमा देखिने पिचाईको पहिरन सधैं सिम्पल तर स्मार्ट देखिन्छ । प्रायः जिन्स, टी-शर्ट वा क्याजुअल ज्याकेटमा देखिने पिचाई अत्यधिक विलासी फेसनमा विश्वास राख्दैनन्। उनी आफ्ना विचार, दृष्टिकोण र कामबाट पहिचान बनाउने पक्षमा छन्।

सुन्दर पिचाईकी श्रीमती अञ्जलि पिचाई पनि इन्जिनियर हुन्। उनीहरू कलेज जीवनदेखि प्रेममा थिए र पछि विवाह गरेका हुन्। दम्पतीका दुई सन्तान छन्। पिचाई आफ्नो परिवारसँग समय बिताउन रुचाउँछन् र निजी जीवनमा अत्यन्तै पारिवारिक व्यक्ति मानिन्छन्।

पिचाईको दिनचर्या नियमित र अनुशासित छ। बिहानै उठ्ने, समाचार पढ्ने र काम सुरु गर्ने बानी उनले वर्षौंदेखि कायम राखेका छन्। उनी ‘मल्टिटास्किङ’मा विश्वास नगर्ने र एउटै काममा एकैचोटि पूर्ण ध्यान दिने बानी बनाएका छन्।

रिर्पाेटका अनुसार, पिचाईको नेट वर्थ हाल १.५ बिलियन डलर (१५० करोड अमेरिकी डलर) भन्दा बढी छ। गुगलको सिईओको रूपमा उनले वार्षिक रूपमा करोडौं डलर पारिश्रमिक, बोनस र स्टक अप्सनबाट कमाउँछन्। तथापि, उनी फुर्किएर जीवन यापन नगर्ने नेतृत्त्वकर्ता हुन्।

पिचाईलाई क्रिकेट हेर्न र खेल्न मन पर्छ। उनी भारतीय क्रिकेट टोलीका कट्टर समर्थक हुन्। साथै, उनले नयाँ प्रविधि र नवप्रवर्तनमा विशेष चासो राख्छन्। उनका लागि टेक्नोलोजी मात्र व्यापार होइन, समाज रुपान्तरण गर्ने औजार हो।

सफल भए पनि उनी सधैं विनम्र र डाउन टु अर्थ व्यवहारमा विश्वास गर्छन्। उनले युवा पुस्तालाई शिक्षामा ध्यान दिन र समस्या समाधानमा केन्द्रित हुन सल्लाह दिने गरेका छन्। पिचाईका धेरै भनाइहरू आजका युवाहरूका लागि प्रेरणादायक छन्।

सुन्दर पिचाईको जीवनशैली देखावटी भन्दा परको हो जहाँ ज्ञान, मेहनत, अनुशासन र नम्रता मुख्य आधार छन्। सादा जीवन, उच्च विचारलाई उनी प्रत्यक्ष जीवनशैलीमा उतार्छन्। यही कारणले उनी संसारभरि लाखौं युवाका आदर्श बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?