बेसार र ल्वाङबाट बनाएको स्किन टोनरले छालालाई दिनेछ प्राकृतिक चमक

काठमाडौँ – आजको व्यस्त जीवनशैलीमा धेरैजसो मानिसहरू अनुहारको उचित हेरचाह गर्न समय निकाल्न सक्दैनन्। तर, छाला हाम्रो शरीरको अत्यन्त संवेदनशील अंग हो, जसको स्याहार नगरेमा चाँडै चाउरी, पिग्मेन्टेसन र कालो दाग देखिन थाल्छ।

बजारमा पाइने रासायनिक उत्पादनले कहिलेकाहीं असर गर्ने भए पनि, कतिपयमा गम्भीर साइड इफेक्ट समेत देखिन्छ। यस्तो अवस्थामा, घरेलु प्राकृतिक उपायहरू धेरै उपयोगी हुन सक्छन्।

यस्तै एउटा घरेलु उपाय हो बेसार र ल्वाङको स्किन टोनर, जुन छालालाई प्राकृतिक रूपमा चम्किलो, ताजा र जवान राख्न निकै असरदार मानिन्छ।

बेसार र ल्वाङको टोनर कसरी बनाउने ?

आवश्यक सामग्री:

७–८ वटा ल्वाङ

आधा चम्चा बेसारको धुलो

१ गिलास पानी

बनाउने विधि:

एक गिलास पानीलाई मध्यम आँचमा उमाल्नुहोस्।

उम्लिरहेको पानीमा ल्वाङ र बेसार मिसाउनुहोस्।

करिब ५ मिनेटसम्म उमालेर पानी अलिकति घटाउनुहोस्।

मिश्रण चिसो भएपछि छान्नुहोस् र स्प्रे बोतलमा भर्नुहोस्।

यसलाई फ्रिजमा राख्नुस् र अधिकतम ५ दिनभित्र प्रयोग गर्नुस्।

प्रयोग गर्ने तरिका:

बिहान उठेपछि र राति सुत्नु अघि अनुहार सफा गरेर टोनर लगाउनुहोस्।

स्प्रे गरेर वा कटन प्याडको सहायताले अनुहारमा हल्का मसाज गर्न सकिन्छ।

टोनरपछि हल्का मोइस्चराइजर प्रयोग गर्दा छाला बढी ओसिलो र स्वस्थ रहन्छ।

यस टोनरका प्रमुख फाइदाहरू:

बेसार:

करक्यूमिन नामक तत्वले एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल र एन्टि-इन्फ्लेमेटरी गुण प्रदान गर्छ।

कालो दाग हटाउन, छाला टोन सुधार गर्न र पिम्पल कम गर्न सहयोगी।

ल्वाङ:

एन्टिसेप्टिक गुणले मुँहासे, डन्डीफोर, छालाको संक्रमण कम गर्छ।

छालाबाट ब्याक्टेरिया हटाउने र चाउरी घटाउने काम गर्छ।

थप लाभ:

छालाको मृत कोष हटाएर प्राकृतिक चमक ल्याउँछ।

खुला पोर्स बन्द गरी छाला कसिलो बनाउँछ।

लामो समयसम्म अनुहारलाई ताजा र जवान देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?