जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

धनुषसँगको अफेयरको चर्चा, मृणाल ठाकुरको सम्पत्ति ऐश्वर्या रजनीकान्तभन्दा कम

काठमाडौँ – अभिनेत्री मृणाल ठाकुर हाल चर्चामा छिन्, तर यो पटक उनी अभिनय होइन, आफ्नो व्यक्तिगत सम्बन्धका कारण समाचारको केन्द्र बनेकी हुन्। चर्चित दक्षिण भारतीय अभिनेता धनुषसँगको सम्भावित प्रेम सम्बन्धका कारण मृणालले व्यापक ध्यान तानेकी छन्। यद्यपि, दुबै कलाकारले यी खबरको आधिकारिक पुष्टि गरेका छैनन्।

धनुष मृणाल ठाकुरको जन्मदिनको पार्टीमा सहभागी भएका थिए। पार्टीको एक भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भएको छ, जसमा धनुष मृणालको हात समातिरहेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि, दुवैको सम्बन्धबारे विभिन्न अनुमानहरू गरिँदै आएको छ।

धनुषले सन् २००४ मा सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तसँग विवाह गरेका थिए। उनीहरूका दुई छोराहरू छन् लिङ्गा र यात्रा। तर, यो विवाह धेरै समय टिक्न सकेन र केही वर्षअघि दुवैले सम्बन्धविच्छेद गरेका थिए।

रिपोर्टअनुसार, मृणाल ठाकुरको अनुमानित कुल सम्पत्ति करिब ३३ करोड रुपैयाँ रहेको छ। उनी प्रति फिल्म करिब २ करोड रुपैयाँ पारिश्रमिक लिन्छिन्।

मासिक आम्दानी ६० लाख रुपैयाँको हाराहारीमा रहेको छ। अभिनयसँगै उनी ओटीटी प्रोजेक्ट, विज्ञापन, र कार्यक्रमहरूबाट पनि कमाई गर्छिन्। उनको कार कलेक्सनमा होंडा एकर्ड, टोयोटा फर्च्यूनर, र मर्सिडीज बेन्ज S-450 जस्ता लक्जरी गाडीहरू समावेश छन्।

धनुषकी पूर्वपत्नी ऐश्वर्या रजनीकान्तको कुल सम्पत्ति मृणालभन्दा बढी रहेको रिपोर्टहरूमा उल्लेख छ। ऐश्वर्याको सम्पत्ति करिब ४० करोड रुपैयाँ रहेको बताइएको छ। उनीसँग २ करोड रुपैयाँको मर्सिडीज बेन्ज कार छ भने चेन्नईमा एक भव्य अपार्टमेन्टको पनि मालिक छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?