जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

व्हाट्सएपले लियो कडा कदम, स्क्याम रोक्न सुरु गर्‍यो नयाँ सुरक्षा सुविधा

काठमाडौँ – इन्स्ट्यान्ट मेसेजिङ एप व्हाट्सएपले आफ्नो प्लेटफर्ममा नयाँ सुरक्षा सुविधा थपेको छ जसले स्क्यामर र नक्कली खाताहरूलाई रोक्नेमा महत्वपूर्ण भूमिका खेल्नेछ। कम्पनीले यस नयाँ प्रणालीमार्फत प्रयोगकर्ताहरूलाई ठगी र फिसिङ आक्रमणबाट बचाउने उद्देश्य राखेको छ।

नयाँ सुविधाअन्तर्गत, यदि कुनै प्रयोगकर्तालाई आफ्नो सम्पर्क सूचीमा नरहेको व्यक्तिले समूहमा थप्यो भने, एपले प्रयोगकर्तालाई सुरक्षा सम्बन्धी सूचना देखाउनेछ। यस सूचनामा समूहमा कसले थप्यो र उक्त व्यक्ति प्रयोगकर्ताको सम्पर्क सूचीमा छ कि छैन भन्ने जानकारी समावेश हुनेछ। प्रयोगकर्ताले समूहमा सहभागी हुन आफ्नो अनुमति नदिएसम्म समूहका सबै सूचनाहरू म्यूट रहनेछन्।

त्यस्तै, व्यक्तिगत च्याटमा पनि नयाँ सुरक्षा उपाय थपिएको छ। यदि कुनै प्रयोगकर्ताले आफ्नो सम्पर्क सूचीमा नरहेको व्यक्तिसँग च्याट सुरु गर्न खोज्छ भने, एपले पप–अप अलर्ट देखाउनेछ जसले प्रयोगकर्तालाई सतर्क गराउनेछ।

हालै कम्पनीले ६८ लाखभन्दा बढी नक्कली र स्क्याम खाताहरू हटाएको जनाएको छ। कम्पनीले एन्ड–टु–एन्ड इन्क्रिप्सनका साथ प्रयोगकर्ताको गोपनीयता कायम राख्दै सुरक्षा उपायहरूलाई थप बलियो बनाउने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?