जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अस्ट्रेलियाले जित्यो यू-१९ क्रिकेट विश्वकपको उपाधि

काठमाडौं – अस्ट्रेलियाले यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो ।

अस्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछाएको भारतले ४३.५ ओभरमा अलआउट हुदै १७४ रन बनाएपछि अस्ट्रेलिया ७९ रनले विजयी भएको हो । यसअघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो ।

योसँगै अस्ट्रेलियाले चौथो पटक यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ । यसअघि अस्ट्रेलियाले २०१० मा यू-१९ विश्वकप जितेको थियो । पछिल्ल्लो पटक अस्ट्रेलिया २०१८ मा फाइनलमा भारतसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?