जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘जदौ’ फिल्ममा राजश्री थापाको डेब्यू

काठमाडौं- नेपाली फिल्म उद्योगमा नयाँ फिल्म ‘जदौ’ मार्फत अभिनेत्रीको रूपमा राजश्री थापा डेब्यु गर्न लागेकी छन्। निर्माण संस्थाले उनलाई अभिनेत्रीको रूपमा अनुबन्ध गरेसँगै फिल्मको कलाकार टिम पूरा भएको घोषणा गरिएको छ।

मोडल र स्टाइलिस्टका रूपमा सक्रिय थापाले यसअघि गायक सुशान्त केसीको एक म्युजिक भिडियोमा अभिनय गरेर चर्चा कमाएकी थिइन्। अब भने उनी ‘जदौ’ फिल्ममा प्रमुख भूमिकामध्ये एकमा देखिने भएकी हुन्।

काजी लिम्बु र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्ने फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, बिनोद न्यौपाने, गीता अधिकारी, शारदा गिरी, सन्ध्या श्रेष्ठ र अनिल सुब्बा लगायतको अभिनय रहनेछ।

फिल्मको कथावस्तु अन्तर्जातीय प्रेम सम्बन्ध र सामाजिक कुरितिविरुद्ध केन्द्रित रहेको छ। ‘जदौ’ को छायांकन दाङ र प्युठानका विभिन्न रमणीय स्थानमा गरिनेछ।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बन्ने यस फिल्ममा रामराजा सुवेदी, सुमित्रा देवकोटा, गोकुल केसी र नारायण शास्त्री सह-निर्माताका रूपमा सहभागी छन्।

फिल्मको छायांकन श्याम तामाङले गर्नेछन् भने निर्माण व्यवस्थापन बुद्धि माझीले सम्हाल्नेछन्। काजी लिम्बूको लेखनमा आधारित यो फिल्मका गीतमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत तथा मिलन श्रेष्ठको द्वन्द निर्देशन रहनेछ।

फिल्मको छायांकन भदौको पहिलो साताबाट सुरु हुने जानकारी सिल्भर स्क्रिन इन्टरटेन्मेन्टकी प्रवन्ध निर्देशक विमला भण्डारीले दिएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?