जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सलमान खानसँगको सम्बन्धका कारण कपिल शर्माको क्याफेमा गोली प्रहार, बिश्नोई ग्याङको धम्की

मुम्बई- चर्चित भारतीय कमेडियन कपिल शर्माको क्यानाडामा रहेको ‘क्याप्स क्याफे’मा दुई पटक गोली प्रहार गरिएको घटनामा लरेन्स बिश्नोई ग्याङको संलग्नता पुष्टि भएको छ।

ग्याङस्टर हेरी बक्सरको तर्फबाट सार्वजनिक अडियोमा यस हमलाको जिम्मेवारी लिइएको छ। उक्त अडियो अनुसार, कपिल शर्माले नेटफ्लिक्सको शो ‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजनको उद्घाटन एपिसोडमा अभिनेता सलमान खानलाई अतिथि रूपमा आमन्त्रित गरेका थिए।

यिनै कारण बिश्नोई ग्याङले कपिलको क्याफेमा गोली प्रहार गरेको दाबी गरिएको छ। अडियोमा स्पष्ट रूपमा भनिएको छ– “जसले सलमानसँग काम गर्छ, ऊ मर्नेछ।”

हेरी बक्सरले अडियोमार्फत कपिल शर्मा मात्र नभई बलिउड फिल्म उद्योगलाई समेत खुलेआम धम्की दिएका छन्। उनले भनेका छन्, “यो केवल सुरुवात हो। अब जो निर्देशक, निर्माता वा कलाकारले सलमान खानसँग सहकार्य गर्छ, उसलाई छोडिने छैन। हामी सीधा छातीमा गोली चलाउनेछौं।”

उनले थप चेतावनी दिएका छन्, “यदि कोही पनि कलाकार वा सानो निर्देशकले सलमानसँग सहकार्य गर्‍यो भने उसले आफ्नो मृत्युको जिम्मेवारी आफैं लिनुपर्नेछ। हामी कुनै पनि हद पार गर्न पछि पर्नेछैनौं। मुम्बईको शान्ति भंग गरिनेछ र फिल्म उद्योगलाई नसोचेको स्थिति आइपर्नेछ।”

हालसम्म भारतीय प्रहरीले उक्त घटनाबारे अनुसन्धान जारी राखेको छ भने क्यानाडा प्रहरीसँग समन्वय गरेर थप सुरक्षा सतर्कता अपनाइएको जनाइएको छ। सलमान खान यसअघि पनि बिश्नोई ग्याङको निशानामा परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?