जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अभिनेत्री अंकिताले बताइन् फोनबाट इन्स्टाग्राम डिलिट गर्नुपरेको कारण

काठमाडौं – अभिनेत्री अंकिता लोखंडेले एक अन्तर्वार्ताका क्रममा आफ्नो फोनबाट इन्स्टाग्राम डिलिट गर्नुपरेको बताएकी थिइन् । अभिनेत्रीले बिग बोस छोडेपछि इन्स्टाग्राम आफ्नो लागि निकै तनावपूर्ण भएको बताएकी हुन् ।

उनले भनिन्, ‘बिग बोसबाट आएपछि म निकै अनौठो भएकी छु । यो भन्दा राम्रो त म मेरो घरमा थिएँ। यसअघि विक्की र मबिच झगडा नभएको होइन, तर ती कुराहरू यसरी मेरो ध्यानमा आएनन् ।’ सामाजिक सञ्जालको ट्रोलिङबाट बच्न उनले आफ्नो फोनबाट इन्स्टाग्राम डिलिट गरेको खुलाइन् ।

उनको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भिडियोमा अंकिताले बिग बोसबाट बाहिरिएपछि आफ्नो जीवनमा धेरै परिवर्तन भएको बताइन् । धेरै सोच्न थालेको र यसअघि आफू यस्तो नभएको उनी बताएकी छिन् ।

अंकिताले अन्तर्वार्तामा पति वाक्की जैनसँगको आफ्नो सम्बन्धको बारेमा पनि कुरा गरेकी छिन् । उनले आफू र विक्कीबिच सबै ठीकठाक रहेको बताए ।
‘अरूले जे भने पनि हामी एक अर्काको साथमा छौँ, एकअर्कालाई बुझ्दै छौँ। मेरो लागि यो सबै महत्त्वपूर्ण छ, अरू मानिसहरूले जे चाहन्छन् सोच्न दिनुहोस्,’ उनले भनिन् ।

अंकिता आगामी फिल्ममा रणदीप हुड्डासँग देखिँदै छिन् । केही दिन अघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो क्लिप सेयर गर्दै अंकिताले लेखेकी थिइन्– इतिहासको पानाबाट हराएको नेताको कथा ल्याउँदैछु । बिग बोस १७ पछि चाँडै एक नयाँ अध्याय सुरु हुन गइरहेको छ । यो धेरै विशेष महसुस भइरहेको छ। आनन्द पण्डित, जी स्टुडियोको फिल्ममा रणदीप हुड्डासँग यस परियोजनाको हिस्सा हुन पाउँदा कृतज्ञ छु। यसलाई २२ मार्च २०२४ मा तपाईं नजिकैका थिएटरहरूमा हेर्न नबिर्सनुहोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?