जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘कोशोढुङ्गा’ तीन फरक पोस्टरसहित लिरिकल कविता सार्वजनिक

काठमाडौं- भदौ १२ गते रिलिज हुने नेपाली चलचित्र ‘कोशेढुंगा’को निर्माण टिमले प्रचारप्रसारलाई तीव्र बनाएको छ।

पब्लिसिटीलाई प्रभावकारी बनाउन टिमले लिरिकल भिडियोसहित कविता सार्वजनिक गरेको छ, जसको वाचन मुख्य अभिनेत्री सुरक्षा पन्तले गरेकी छन्।

प्रेम, समर्पण, विछोड, पीडा, सपना र संकल्पलाई समेटेको कवितामा चलचित्रका केही फुटेज र स्टिल फोटो प्रयोग गरिएको छ। यसले क्रमशः टुट्दै गएको सपना, सम्झौतामा बाँच्न थालेको जीवन र पर्खिइरहेको परिवारको चित्रण गर्दै कथाको संकेत दिएको छ। निर्देशक सरोज पौडेलका अनुसार कथा किस्ताकिस्तामा खुल्नेछ।

यससँगै निर्माण पक्षले तीन पोस्टर पनि सार्वजनिक गरेको छ, जसमा कलाकारहरू चरित्रअनुसारको लुक्समा देखिएका छन्। पहिलो पोस्टरमा सुरक्षा पन्त, आर्यन सिक्देल, प्रवीण खतिवडा, मन्जिल कुमार, नीति शाह, ऋचा शर्मा र दिनेश काफ्ले छन्। दोस्रो पोस्टरमा प्रवीण खतिवडा, दिनेश काफ्ले र झकेन बिसी फिचर्ड छन् भने तेस्रोमा सुरक्षा पन्तले भारी बोकेको र मन्जिल कुमारले कसैलाई हेरिरहेको दृश्य छ।

यसअघि फिल्मको प्रेमिल गीत ‘भंगेरा भगेरी’ र ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भइसकेका छन्, जसमा दोस्रो गीत टिकटकमा निकै लोकप्रिय बनेको छ।

सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’मा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय छ। नरदेवी फिल्म्स र सारंगी फिल्म्सको सहकार्यमा बनेको यस चलचित्रका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्।

चलचित्रको छायांकन बाबु श्रेष्ठ, सम्पादन नहकुल खड्का र संगीत आशिष अविरल, खेम सेन्चुरी तथा रिदम कँडेलले गरेका छन्।

‘कोशेढुंगा’ नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ रिलिज हुने भएको छ, जसलाई अन्तर्राष्ट्रिय स्तरमा ‘सेभेन सिज इन्टरनेसनल’ले वितरण गर्नेछ। यो नेपाली सिनेमाको इतिहासमा पहिलो पटक यति धेरै देशमा एकैसाथ प्रदर्शन हुने चलचित्र हो, जसबाट नेपाली फिल्मलाई नयाँ अन्तर्राष्ट्रिय उचाइ दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?