जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘जनै हराएको मान्छे’ को ट्रेलर सार्वजनिक

काठमाडौँ – संवेदनशील कथावस्तु र गहिरा भावनामा आधारित नयाँ नेपाली चलचित्र ‘जनै हराएको मान्छे’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ।

यसमा कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, भोलाराज सापकोटा, रियर राई र सुषांक मैनालीको दमदार अभिनय देख्न पाइनेछ। हिमाल न्यौपाने निर्देशित यो चलचित्र अगष्ट २२, २०२५ (भदौ ५, २०८२) शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलरले सुरुको केही सेकेन्डमै दर्शकलाई आफ्नै परिवार, संस्कार र जीवनका पीडादायी क्षणमा पुर्‍याउँछ। विशेषगरी ‘आम’ गीतको भावपूर्ण धुनले कथाभित्रको भावनात्मक तानाबाना अझै गहिरो बनाएको छ।

कथाले पारिवारिक सम्बन्ध, सांस्कृतिक पहिचान र पुराना परम्पराले व्यक्तिगत जीवनमा ल्याउने दबाबको गहिरो चित्रण गर्छ। नामले नै संकेत गरेझैँ, ‘जनै हराएको मान्छे’ केवल एक घटनाको कथा मात्र होइन, एक पुस्ताबाट अर्को पुस्तामा सर्ने संस्कार र त्यसले जन्माउने भावनात्मक खाडलको अभिव्यक्ति हो।

ट्रेलरमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव टी पहारी, कबिता आले, सुषांक मैनाली लगायतका कलाकारका सशक्त अभिनय देख्न सकिन्छ । भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भवाना खापांगी मगर लगायत सह–कलाकारले कथालाई थप जीवन्त बनाएका छन्। बाल कलाकार आरोष भुसाल, अंशु ओली र श्रिष्टि खड्गीको उपस्थिति पनि हृदयस्पर्शी देखिन्छ।

फिल्मलाई कमल न्यौपाने र बिमल न्यौपानेले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा नारायण तिम्सिना, सी.एम. सिवाकोटी, आर.के. मानन्धर, सी.आर. बस्नेत, फिलिप डी.सी. र जेम्स महर्जन छन्। छायांकन नवीन गुरुङ र कृष्ण परियार (ज्याक) ले
गरेका छन् भने सम्पादन भरत रेग्मीको रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?