जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

संगीतकार बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं – संगीतकार शम्भुजित बास्कोटालाई साधना म्यूजिक रिवार्ड – २०८० का अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । आइतबार आयोजक संस्था सामना म्युजिक क्रियशनले एक बिज्ञप्ती जारी गरि सो कुराको जानकारी दिएको हो ।

पहिलो र दोस्रो संस्करण अवार्डका रुपमा सम्पन्न भएपनी तेस्रोदेखि रिवार्डका रुपमा आयोजना हुन थालेको हो । यसपटक पनि बिभिन्न बिद्याका उत्कृष्ट श्रष्टा तथा श्रजकहरुलाई रिवार्ड प्रदान गरिने अध्यक्ष सामना शाहले जनाएकी छिन ।

शाहका अनुसार रिवार्ड फागुन १५ गते संघिय राजधानी काठमाडौंमा आयोजना हुनेछ । कार्यक्रममा बिभिन्न क्षेत्रका बिशिष्ठ ब्यक्तित्वहरुको उपस्थिति रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?