जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आशान्त शर्माको ‘ताराहरू’ फिल्मको ट्रेलर सार्वजनिक, मध्यमवर्गीय संघर्षको कथा

काठमाडौँ – निर्देशक आशान्त शर्माले निर्देशन गरेको फिल्म ‘ताराहरू’ को ट्रेलर युट्युबमार्फत शनिबार सार्वजनिक भएको छ। ट्रेलरमा सहरमा मध्यमवर्गीय परिवारले भोग्नुपर्ने संघर्षलाई समेटिएको छ।

फिल्ममा निर्देशक शर्मासहित मेनुका प्रधान, आभास अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङ लगायत कलाकारहरूले अभिनय गरेका छन्।

‘ताराहरू’को कथा आशान्त शर्माले नै लेखेका हुन्। यसअघि फिल्मका गीतहरू ‘ऐया नि हो’ र ‘जाम त भने कुन बाटो जाम त’ तथा टिजर पनि सार्वजनिक भइसकेका छन्।

छायांकन सरद महतोले गरेका हुन् भने सम्पादन विनोद पाण्डेको रहेको छ। वेज प्रालिको प्रस्तुति रहेको यस फिल्मका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन्। सह–निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा र युगविजय पंगेनी शर्मा छन्। ‘ताराहरू’ आगामी भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?