जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नियमति काजु खानुको फाइदा यस्तो रहेको छ

काठमाडौँ- पोषणविद्हरूका अनुसार काजु केवल स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि अत्यन्त लाभदायक सुक्खा फल हो। काजुमा पाइने प्रोटिन, फाइबर, भिटामिन र मिनरलहरूले शरीरको ऊर्जा स्तर बढाउने मात्र होइन, दीर्घकालीन रोगहरूबाट पनि जोगाउने क्षमता राख्छ।

पोषक तत्त्वको भण्डार
काजुमा म्याग्नेसियम, जिङ्क, आयरन, फस्फोरस, क्याल्सियम र भिटामिन–B समूह पाइन्छ। साथै, यसमा एन्टिअक्सिडेन्टको मात्रा पनि प्रशस्त हुने भएकाले छालालाई स्वस्थ राख्न मद्दत पुग्छ।

हृदय स्वास्थ्यमा लाभ
काजुमा पाइने ‘हेल्दी फ्याट’ अर्थात् मोनोअनसाचुरेटेड र पोलिअनसाचुरेटेड फ्याटले हृदयलाई स्वस्थ राख्न मद्दत गर्छ। नियमित तर सीमित मात्रामा काजु सेवन गर्दा कोलेस्ट्रोल नियन्त्रणमा रहन्छ र हृदयघातको जोखिम कम हुन्छ।

हड्डी र दाँतको मजबुतीका लागि
काजुमा पाइने म्याग्नेसियम र क्याल्सियम हड्डी तथा दाँतलाई मजबुत बनाउन महत्त्वपूर्ण हुन्छ। बालबालिका, गर्भवती र वृद्ध व्यक्तिका लागि काजु उपयोगी मानिन्छ।

मस्तिष्कको कार्यक्षमता बढाउँछ
काजुमा पाइने भिटामिन–B6 र कपरले स्नायु प्रणालीलाई सुदृढ बनाउने तथा मस्तिष्कको स्मरणशक्ति सुधार्ने क्षमता राख्छ। अध्ययन वा मानसिक श्रम बढी गर्ने व्यक्तिका लागि काजु फाइदाजनक मानिन्छ।

तौल व्यवस्थापनमा मद्दत
यद्यपि काजुमा क्यालोरीको मात्रा केही बढी हुन्छ, तर यसमा पाइने प्रोटिन र फाइबरले लामो समयसम्म पेट भरिएको अनुभव गराउँछ, जसले अनावश्यक खानेकुरा खानबाट जोगाउँछ। सन्तुलित मात्रामा सेवन गर्दा तौल नियन्त्रणमा मद्दत पुग्छ।

छालाको सौन्दर्यमा योगदान
एन्टिअक्सिडेन्ट र कपरको उच्च मात्रा भएकाले काजु छालामा चमक ल्याउन र बुढ्यौली ढिल्याउन मद्दत गर्छ। नियमित सेवनले कपाललाई पनि बलियो र चम्किलो बनाउँछ।

सेवन गर्दा ध्यान दिनुपर्ने कुरा
विशेषज्ञहरूका अनुसार काजु स्वास्थ्यका लागि लाभदायक भए पनि यसलाई अत्यधिक मात्रामा खानु उचित होइन। दिनमा करिब ३०–४० ग्रामसम्म मात्र सेवन गर्न सिफारिस गरिएको छ। नुन हालेर वा भुटेर भन्दा काँचो वा हल्का भाजेको काजु बढी स्वास्थ्यकर हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?