जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘जारी-२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक

काठमाडौँ- असोज ३ गते रिलिज हुने तयारीमा रहेको चलचित्र ‘जारी-२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको छ।

च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादबाट सुरु हुने २ मिनेट ३४ सेकेन्ड अवधिको ट्रेलरले च्याब्रुङलाई लिम्बुको खुशीको स्वरमा व्याख्या गर्दै, फिल्मले आफ्नो कथा पेस गर्ने टिजरबाट बुझ्न सकिन्छ।

टिजरले चलचित्र आफ्नो सांस्कृतिक पहिचान र त्यसको सेरोफेरोमा सामाजिक र पारिवारिक उकालो ओरालोमा केन्द्रित हुने जनाउँ दिन्छ। उपेन्द्र सुब्बा लिखित तथा निर्देशित चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ। फिल्ममा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?