नेपाली यु-२० महिला टोली एएफसी छनोटपछि स्वदेश फर्कियो

काठमाडौँ- एएफसी यू-२० महिला एसियन कप छनोट समाप्त गर्दै नेपाली महिला फुटबल टोली भुटानबाट स्वदेश फर्किएको छ।

समूह ‘ए’ को अन्तिम खेलमा नेपालले आइतबार उत्तर कोरियासँग ११–० को ठूलो हार बेहोरेको थियो। थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको खेलमा उत्तर कोरियाले पहिलो हाफमा ५ गोल गर्‍यो भने दोस्रो हाफमा थप ६ गोल थप्दै सहज जित हासिल गर्‍यो।

छनोट अवधिमा नेपालले तीन खेल खेलेर जम्मा ४ अंक जोड्न सफल रह्यो। पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेल्दा, दोस्रो खेलमा साउदी अरेबियामाथि १–० को जित दर्ता गर्‍यो।

समूह ‘ए’ मा तीनै खेल जितेर उत्तर कोरिया ९ अंकसहित शीर्ष स्थानमा रहेर आगामी वर्ष थाइल्याण्डमा आयोजना हुने यू-२० महिला एसियन कपमा छनोट हुन सफल भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?