जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ सार्वजनिक

काठमाडौं- महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावले भरिपूर्ण गीत ‘बुद्धको देश नेपाल’ आइतबार काठमाडौंमा विशेष समारोहका बीच सार्वजनिक गरिएको छ।

नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको सभापतित्वमा गरिएको सो कार्यक्रममा गीतको भिडियो समेत विमोचन गरिएको थियो।

गीतमा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको छ भने राजु कार्कीको संगीत संयोजन र राजन खरेलको छायांकन रहेको छ। भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल र सन्तोष श्रेष्ठ फिचर छन्।

कार्यक्रममा साहित्यकार, संगीतकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। ‘स्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको यो गीतले राष्ट्रिय भावनालाई समेट्दै नेपाललाई बुद्धको धर्तीको रूपमा प्रस्तुत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?