जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

तेलुगु फिल्म उद्योगका कामदारको ८ दिनदेखि हडताल, पारिश्रमिक वृद्धि माग

मुम्बई- भारतको तेलुगु फिल्म उद्योगमा काम गर्ने मजदुरहरूले आठ दिनदेखि हडताल जारी राखेका छन्। उनीहरूले ३० प्रतिशत पारिश्रमिक वृद्धि गर्न माग गर्दै छायांकन रोकिएका छन्।

तेलुगु उद्योग मजदुर महासंघले अगष्टको पहिलो सातादेखि हडताल सुरु गरेको हो जसका कारण तेलुगु फिल्मका धेरै छायांकन कार्यहरू ठप्प भएका छन्।

दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीले अहिलेसम्म कामदारसँग भेट नगरेको स्पष्ट गर्दै फिल्म चेम्बरले सबै पक्षसँग छलफल गरी समस्या समाधान गर्ने बताए। उनले ट्विटरमा लेखेका छन्, “तेलुगु फिल्म उद्योगको सर्वोच्च निकाय फिल्म चेम्बरले सबै पक्षसँग मिलेर निष्पक्ष समाधान निकाल्नेछ।”

तेलुगु फिल्म चेम्बर, निर्माता परिषद् र श्रमिक महासंघबीच केही महिनादेखि पारिश्रमिक वृद्धिका विषयमा छलफल भइरहे पनि अहिलेसम्म कुनै निर्णायक सहमति निस्किन सकेको छैन। मजदुरहरूले तलब नबढेसम्म छायांकन पुनः सुरु नगर्ने अडान लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?