जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गलत उमेर दिने किशोरमाथि युट्युबको निगरानी, विज्ञापन र सामग्री पहुँचमा रोक

काठमाडौँ – युट्युबले बालबालिका र किशोरकिशोरीले उमेर ढाँटेर अकाउन्ट खोल्न नपाउनेगरी नयाँ एआई आधारित उमेर प्रमाणीकरण प्रणाली सुरु गर्न लागेको छ।

यो प्रणाली १३ अगस्टदेखि पहिलो चरणमा संयुक्त राज्य अमेरिकामा लागू हुनेछ। नयाँ प्रविधिले प्रयोगकर्ताको गतिविधि विश्लेषण गरेर वास्तविक उमेरको अनुमान लगाउनेछ र १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई प्रतिबन्ध लगाउनेछ।

प्रयोगकर्ताले गलत उमेर दिएको भेटिएमा उनीहरूले आफ्नो उमेर प्रमाणित गर्नुपर्ने हुन्छ। युट्युबले यस्तो अवस्थामा सरकारी परिचयपत्र, फोटो वा क्रेडिट कार्ड जस्ता दस्तावेज माग्न सक्ने बताएको छ।

यस प्रणालीले १८ वर्षमुनिका प्रयोगकर्तालाई लक्षित गरी व्यक्तिगत विज्ञापन बन्द गर्ने, डिजिटल वेलबिइङ सुविधा सक्रिय गर्ने र हानिकारक सामग्रीमा पहुँच रोक्ने व्यवस्था गर्नेछ।

यद्यपि, युट्युबले प्रणाली पूर्ण रूपमा त्रुटिरहित नहुन सक्ने स्वीकार गरेको छ। कहिलेकाहीं वयस्क प्रयोगकर्तालाई पनि नाबालिग ठानेर पहिचान गर्न सक्ने सम्भावना रहेको छ।

युट्युबले प्रणालीको प्रभावकारिता मूल्यांकन गरी सुधार गरेपछि मात्र अन्य देशहरूमा पनि यसलाई विस्तार गर्ने योजना बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?