जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पपस्टार टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ आउँदै

काठमाडौँ – पपस्टार टेलर स्विफ्टले आफ्नो १२ औं एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ ल्याउने घोषणा गरेकी छन्। उनले केही घण्टाअघि आफ्नो आधिकारिक वेबसाइटमार्फत एल्बमको जानकारी सार्वजनिक गरेकी हुन्।

हालसम्म एल्बमको आधिकारिक रिलिज मिति सार्वजनिक गरिएको छैन, तर यसको भिनिल संस्करण अक्टोबर १३ भन्दा अघि बजारमा आउने अपेक्षा गरिएको छ।

स्विफ्टको गतवर्ष रिलिज भएको एल्बम ‘द टर्चड पोएट्स डिपार्टमेन्ट’ले स्पोटिफाइमा एकैदिनमा सबैभन्दा बढी स्ट्रिमिङ हुने गीतको रेकर्ड बनाएको थियो।

उनको नयाँ एल्बमको शीर्षक केल्सी नामक पडकास्टमार्फत सार्वजनिक भएको थियो। ‘इरास टूर’पछि २०२५ को सुरुवात स्विफ्टका लागि तुलनात्मक रूपमा शान्तिपूर्ण भएको बताइएको छ।

यसअघि मे महिनामा टेलरले आफ्ना प्रारम्भिक छ एल्बमको प्रतिलिपि अधिकार फिर्ता लिएको घोषणा गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?