जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘पार्वती’ को मुख्य भूमिकामा अभिनेत्री दीपाश्री निरौला अनुबन्धित

काठमाडौँ – अभिनेत्री तथा निर्देशक निता ढुंगानाको निर्देशनमा बन्ने फिल्म ‘पार्वती’ को छायाङ्कन आगामी असोजबाट सुरु हुने भएको छ। निर्माण टिमले फिल्ममा अभिनेत्री दीपाश्री निरौलालाई मुख्य भूमिकामा अनुबन्धित गरिएको जानकारी दिएको छ।

‘छ एकान छ’ फिल्ममार्फत नितालाई अभिनयमा ल्याएकी दीपाले अहिले उनै निताको निर्देशनमा काम गर्न लागेकी हुन्।फिल्ममा निता स्वयं पनि अभिनय गर्नेछिन्। माघ १ गते प्रदर्शन मिति तय गरिएको फिल्मका अन्य कलाकारहरूको नाम भने निर्माण पक्षले खुलाएको छैन।

कथालेखन निता ढुंगानाको रहेको छ भने पटकथा र संवाद शिवं अधिकारीले तयार पारेका हुन्। छायाङ्कन कविरलाल र शाहिद लालले गर्नेछन्। फिल्ममा सावित्रा अधिकारी, नरहरि अधिकारी र पवन ढुंगानाको लगानी रहेको छ।

वितरण पक्षमा काठमाडौं उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, उपत्यकाबाहिर एफडी कम्पनी रहनेछ।यसअघि निता ढुंगाना ‘ह्रस्वदीर्घ’ नामक फिल्ममार्फत निर्माणमा पनि सक्रिय भइसकेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?